मकवानपुरगढीको सुकौरामा सलहको महामारीले मकैबाली नष्ट, किसान चिन्तित (तस्विर सहित)

१४ असार २०७७, आईतवार १७:२३

सिधाखबर \ हिजोमात्र नेपाल प्रवेश गरि तराईका केहि जिल्लाहरुमा देखा परेको विनाशकारी सलह किरा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ७ बतासेडाँडा लगायतका विभिन्न टोलहरुमा सलह किराले मकै बाली नष्ट गर्न थालेको छ ।

सलहले मकवानपुरको बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगायतको क्षेत्रमा बाली नष्ट गर्न सुरु गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास शाखामा प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार सलहले किसानले लगाएको मकैबारीलाई नष्ट गर्न सुरु गरेको बताए ।

करिब लाखौंको संख्याका आइपुगेका सलह किरा मकैबारी संगैं कलिला पालुवा आएका विभिन्न रुख तथा घाँसहरुमा समेत फैलिएको छ । करिब २ हजार रोपनी क्षेत्रमा किरा फैलिएको अनुमान गरिएको छ । मकवानपुरगढी वडा नंबर ७ का पञ्च बहादुर स्याङ्तानको बारीमा पुगे पछि सलह किरा अन्य किसानको मकैबारीमका फैदिएको स्याङ्तानले बताए ।

स्थानीयहरुले टिन, जस्तापाता तथा थाल ठटाएर मकैबारीमा हिडिरहेका छन्, । धपाएर पनि साध्य नलाग्ने भन्दै स्याङ्तानले मकै बाली भित्र्याउन नपाइने बताए ।

तस्विर: श्रीराम अर्जुन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*