बुहारी सुस्मिताको हत्यामा संलग्न चार जनालाई प्रहरीले गरे सार्वजानिक

१५ असार २०७७, सोमबार ११:५३

सिधाखबर \ हेटौँडा उपमहानगरपालीका वडा नम्बर ४ कर्रा सुर्यचोक स्थित आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसीक्षेत्रीको हत्यामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले आज सार्वजनिक गरेको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न अभियुक्त मृतककी ५८ वर्षीय ससुरा प्रकाश थापा,५० बर्षीया सासु तुलसा थापा र नन्दहरू २७ बर्षीया दुर्गा थापा २३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर प्रहरी प्रमुख एसपी सुशिल सिंह राठौरले घरयासी विबादमा ससुरा प्रकाश थापा, नन्द सिता थापा सहित परिवारका सदस्यले नै हत्या गरेको अनुशन्धनबाट खुलेको बताएका छन् । मकवानपुर प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्द लाई गत असार ४ गतेनै पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रकृया सुरु गरेको थियो।

प्रहरीले १३ दिनको अनुसन्धान पश्चात उनिहरुलाई सार्वजनिक गर्न सफल भएको हो । केही दिन अघिमात्र महिला अधिकारकर्मीहरुले हेटौडामा सुस्मिताको हत्यारा सार्बजनिक गर्न प्रर्दशन गरेका थिए । हत्यामा संल्गनलाई मुलुकी फौजदारी अपराध संहिता,२०७४ को दफा ४१ का बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीबित रहेसम्म कैद हुने गरी जन्मकैद हुने प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*