असार १५ राष्ट्रिय धान दिवस, दही च्युरा खाने दिन

१५ असार २०७७, सोमबार १२:०४

सिधाखबर \ आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । रोपाईं गरेर राष्ट्रिय धान दिवस मनाईंदै छ । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । धान दिवसका अवसरमा किसानहरु रोपाईंमा रमाउँदै छन् । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा किसानहरु धान दिवसमा रोपाईंमा रमाउन लागेका हुन् ।

असार १५ लाई खेतमा हिलो छ्यापाछ्याप गर्ने र दही च्युरा खाने दिनका रुपमा लिइन्छ । खेतका गरामा पानी भएका कृषकहरु रोपाईंमा रमाउने भएपनि मुलुकका कतिपय स्थानका किसान भने सिंचाइ सुविधाको अभावमा आफ्ना खेत बाँझो राख्न वाध्य छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*