कोरोना सङ्क्रमितबाट एक जनाको मृत्यु

१५ असार २०७७, सोमबार १२:१५

ललितपुर \  ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ ।

स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*