सोमबार ४७६ जना संक्रमित थपिए ! संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगे

१५ असार २०७७, सोमबार १७:०३

काठमाडौं \ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७६ जना संक्रमित थपिएका छन्। देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सोमबार थपिनेमा १ सय १२ जना महिला र ३ सय ६२ पुरुष रहेका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय २१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जना पुरुष र १३ जना महिला निको भएका हुन्। नेपालमा कुल ३ हजार १ सय १३ जना निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*