मकवानपुर जिल्लामा ४० प्रतिशत धान रोपाईं

१५ असार २०७७, सोमबार १७:३४

सिधाखबर \ मकवानपुरमा हाल ४० प्रतिशत धान रोपाई भइसकेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाले मकवानपुर जिल्लामा ११ हजार हेक्टर क्षेत्रफल मध्ये असारको दोस्रो साता सम्ममा ३५/४० प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको जानकारी दिएको छ ।

निर्देशनालयका योजना अधिकृत रामहरी तिमल्सिनाले बागमती प्रदेश भर १ लाख ३० हजार ९८ हेक्टर जमिनमा असार दोस्रो साता सम्ममा धान रोपाईं करिब ३५÷४० प्रतिशत भएको बताए ।

गत आव ०७६/७७ मा बागमती प्रदेश भर ४ लाख ६३ हजार १७४ मेट्रीकटन धान उत्पादन भएको र मकवानपुर जिल्लामा भने ४० हजार ५०० मेट्रिकटन उत्पादन भएको बताएका छन्, । प्रदेशमा हाल सम्म भक्तपुर ललितपुरमा बढी र सिन्धुलीमा कम प्रतिशत रोपाई भइसकेको छ ।

वर्षात भइरहेको कारण अबको एक हप्तामा करिब ७० प्रतिशत भन्दा बढी धान रोपाई भइसक्ने अनुमान निर्देशनालयको रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*