स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ असार २०७७, सोमबार २१:३८

गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष एवं राडो नेपालका कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धितालसहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार साँझ ६ बजे भएको दुर्घटनामा हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । 

दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धितालको अवस्था मध्यम, बर्ष २७ की बर्षा धिताल (मध्यम), बर्ष ४५ को राजन घिमिरे स्कारपियो चालक (मध्यम) र बर्ष २५ को अनुज धितालको अवस्था गम्भीर रहेको जनाईएको छ । घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।चितवन भरतपुर १९ सत्र किलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१क्यु५१०६ नम्बरको  ग्यास बुलेट एक आपसमा ठक्कर खाएको थियो 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*