बागमती प्रदेशमा कोराना संक्रमितको संख्या पाँच सय

१८ असार २०७७, बिहीबार १९:३०

सिधाखबर \ नेपालमा कोभिड १९ ले महामारीको रुप लिईरहेको छ । हाल सम्म नेपालमा १४ हजार ५१९ जनामा संक्रमण देखिएको छ भने ३१ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशमा हालसम्म जम्मा ५ सय जनामा कोरोना संक्रमण देखिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता डा. पुरुषोत्तमारज सेढाईंले बताएका छन्, । आज मात्रै बागमती प्रदेशमा ४७ जनामा कोरोना थप भएको छ ।

प्रदेशभरमा २ सय जना निको भई डिस्चार्ज भईसकेको अवस्था छ भने ५ जनाको मृत्यु भएको डा. सेढाईंले बताए । हाल यस प्रदेशमा देशमा कुल संक्रमणको करिब तिन प्रतिशत संक्रमण रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*