तलब माग गर्दै शिक्षक सडकमा

१९ असार २०७७, शुक्रबार ११:२९

सिधाखबर \ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मकवानपुरले हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरेका छन्, । उनीहरुले तलबको माग गर्दै शिक्षक कर्मचारीले हेटौँडामा प्रदर्शन गरेका हुन्, ।

लकडाउनका अवधिमा मकवानपुरका निजि विद्यालयले शिक्षक कर्मचारीको तलब नदिएको, शिक्षक कर्मचारीलाई वेवास्ता गरेको भन्दै इस्टु आवद्ध शिक्षक कर्मचारीले आज हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरिएको इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले बताए ।

लामाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा इस्टु जिल्ला कार्य समिति, हेटौँडा नगर समिति र निजि विद्यालयका शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*