किसानलाई कोरोनाभन्दा सलहको चिन्ता

१९ असार २०७७, शुक्रबार १२:२१

काठमाडौँ \  यतिबेला देश कोरोनाभाइरसको महामारीले ग्रस्त छ । संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ । बिहीबारसम्मको तथ्याङ्क अनुसार नेपालमा १४ हजार ५११ जना संक्रमित भेटिसकेका छन्, ।

कोरोनाभाइरसको महामारीले सबै क्षेत्रलाई ठप्प बनाइरहँदा नेपालमा कृषि क्षेत्र भने अपवाद रहेको थियो । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । लकडाउनमा पनि कृषि क्षेत्र चलयमान रह्यो । किसानले खेती किसानी गरी नै रहे ।

कृषिजन्य वस्तु विक्रि वितरण जारी नै रह्यो । ढुवानीमा समस्याबाहेक कृषि क्षेत्रमा कोरोनाले धेरै असर नपारेको कृषि विज्ञहरु बताउँछन् । तर असार १३ गते नेपाल छिरेको सलह किराले सम्पूर्ण कृषि क्षेत्रलाई प्रभावित बनाएको छ ।

एक हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ३५ वटा जिल्लामा फैलिसकेको छ । सलह किरा रुकुम, रोल्पादेखि मुस्ताङसम्म पुगिसक्दा किसानहरु झन् त्रसित बनेका छन्, ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं सलह किराका लागि गठन गरिएको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले भन्छन्, ‘किसानका लागि यो कोरोनाभाइरस भन्दा कैयौँ गुणा खतरनाक हुन्छ ।

खाद्य संकट भयो भने भोकमरी हुन्छ, भोकमरीले मानव स्वास्थ्य अर्को संकट ल्याउँछ । अफ्रिकी देशहरुमा यसैले भोकमरीसम्मको अवस्था सृजना गरेको बताउँदै उनले नेपालमा तत्काल त्यो अवस्था आउने सम्भावना नभए पनि सचेत रहनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*