ट्रान्सपरेसी इन्टरनेशनल नेपालद्धारा गरिएका कार्यक्रम सार्वजानिक

१९ असार २०७७, शुक्रबार १५:२३

सिधाखबर \ ट्रान्सपरेसी इन्टरनेशनल नेपालद्धारा गरिएका कार्यक्रम सार्वजानिक गरिएको छ । शुक्रबार हेटौंडामा पत्रकारसंगको भेटघाटमा वर्षभरि गरिएका काम तथा कार्यक्रमबारे जानकारी दिइएको थियो ।

ट्रान्सपरेसी इन्टरनेशनल नेपाल, आइपीईआरआर परियोजनाले मकवानपुर जिल्लामा गरेका गतिविधिहरु र आगामी आर्थिक वषमा गरिने कार्यक्रमबारे जानकारी दिइएको थियो ।

भुकम्पपछि भएका पुनर्निर्माणका विभिन्न कार्यक्रम गर्दै आएको यस परियोजनाले मकवानपुरका मनहरी, हेटौंडा उपमहानगर, बकैया र बागमती गाउँपालिकामा पुनर्निर्माण सम्बन्धित सार्वजानिक कार्यक्रम गरिएको ट्रान्सपरेसी इन्टरनेशनल नेपालका मकवानपुरका जिल्ला अधिकृत प्रमिला लामाले बताईन्, । गढीमा निजी आवास, मनहरी र गढीमा विद्यालय, सरकारी, खानेपानी र सांस्कृतिक सम्पदामा पाँच पटक अनुगनम गरिएको उनले बताइन्, ।

पुनर्निर्माण सम्बन्धित गुनासो संकलन गर्न हेल्प डेक्स सञ्चालन गरिएको, सामाजिक जवाफदेहिताको विषयमा अन्तक्रिया कार्यक्रम, पुनर्निर्माणको नीतिगत छलफल, पुनर्निर्माण भइरहेको र भैसकेको विद्यालयबीच संयुक्त छलफल, १२ कक्षा अध्ययनरत विद्यार्थी संग पुनर्निर्माण र भष्ट्रचार न्युनिकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम गरेको लामाले बताईन्, ।

पुनर्निर्माण सम्बन्धि फेलोशिप, सफलताको कथा जस्ता क्रियाकलाप समेत पनि गरिएको जानकारी दिईन्, । अधिकृत लामाले ट्रान्सपरेसी इन्टरनेशनल नेपालले आगामी आवमा पनि गएको वर्ष जस्तै कार्यक्रमहरु रहेको बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*