कालो बादल

२१ असार २०७७, आईतवार १२:२९


© दामोदर घिमिरे


विहान सबेरै उठ्ने, स्कुल जाने

राम्रो थियो बानी
साथी भाईको संग्लता परियो
जानी नजानी ।

स्कुलबाट फर्के पछि खेल्न जान्थे सधैं
बाबुआमाको आँखा छल्दै कुलतमा परे म ।

विहानीको किरण संगै
मेरो दिनको सुरुवात हुन्थ्यो
दुई/चारवटा चुरोट गाजाँ तान्दै
भट्टीतिर लागिन्थ्यो ।

एक दुई गिलास खादाँखेरि
निकै राम्रो लाग्दथ्यो
त्यसको मात बढ्दै जादाँ
आफैं हिरो भइन्थ्यो ।

गाजाँ पछि गोटी अनि
सामान र पानी
कालो बादलको भुमरीमा परियो
जानी नजानी ।


 

मध्यरातमा घर आउँथे

नशाको तालमा
सधैं वर्षा छायो बरै
कालो बादलमा ।

दिन बित्यो रात भयो
उज्यालो मलाई भएन
जति बिर्सुं भन्दा पनि
नशाको लत गएन ।

समय बित्यो, संसार बदलियो
जिवनमा एकान्तले छाएछ
नशाको कालो बादलले
मलाई पुरैं ढाकेछ ।

आमा रुन्थिन भक्कानिएर
भन्थिन तँ राम्रै थिस भनेर
कुलको शान ठुलो पार्छ
ईन्जिनियर बनेर ।


 

त्यसैले,

अब त अति भयो
सुधार केन्द्र जादैंछु
नशाको यो दलदललाई
ह्दयदेखि त्याग्दैछु ।

खुसी छु आज म
संसारमा रमेर
मेरो जिवनको अतितलाई
वृतान्तमा कोरेर
अब सबै जनालाई खुसी दिन चाहान्छु,
म मा छाएको कालो बादल कवितामा उतार्छु कवितामा उर्ताछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*