भारत बन्यो कोरोना भाईरसबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक

२२ असार २०७७, सोमबार ११:२०

कोरोना भाइरस कोभिड–१९, को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेको छ । यो सँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २ सय ८८ संक्रमित फेला परेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २ सय ४८ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४ सय २५ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजार भन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ४ लाख २४ हजार ४ सय ३३ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*