अहिलेसम्म मकवानपुरमा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२८ असार २०७७, आईतवार १२:१५

सिधाखबर \ अहिलेसम्म मकवानपुरमा ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बिभीन्न स्थानीय तहमा गरी ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।

हेटौंडा, चितवन, काठमाण्डौ लगायतका स्थानमा राखिएका प्रयोगशालामा पीसीआर परिक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो । बागमती प्रदेशका १३ जिल्लामा भने हाल सम्म ७ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबै भन्दा वढी काठमाण्डौ उपत्यकामा संक्रमित देखा परेका छन्, ।

प्रदेशमा कोरोना संक्रमण देखिएका २ सय ७३ जना निको भइ डिस्चार्ज भएका छन्, । हालसम्म बागमती प्रदेशमा कोरोनाका कारण नौ जनाको मृत्यु भएको डाक्टर सेढाइले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*