• २०७७ माघ ०९, शुक्रबार
  • इङ्गलीस प्रिमियर लिगमा चेल्सी सेफिल्ड युनायटेडसँग पराजित

    २८ असार २०७७, आईतवार १२:२४

    एजेन्सी  \ इङ्गलीस प्रिमियर लिगमा चेल्सी सेफिल्ड युनायटेडसँग पराजित भएको छ ।

    गएराति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी ३–० गोल अन्तरले पराजित भएको हो ।

    चेल्सीविरुद्ध आक्रामक देखिएको सेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले दुई र ओली म्याकबुर्नेले एक गाल गरेका हुन् ।

    जीतसँगै सेफिल्ड ३५ खेलबाट ५४ अंक जोड्दै लिगको सातौं स्थानमा पुगेको छ भने पराजित चेल्सी ६० अंकसहित तेस्रो स्थानमा छ ।

    ३४ खेल खेलेका लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेढ ५९ र ५८ अंकसहित चौथो र पाँचौ स्थानमा छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *