सहकर्मीलाई क्षमा दिन मध्यरातमा हमालद्धारा दर्शकहरुसँग आग्रह

३१ असार २०७७, बुधबार १२:०५

काठमाडौं \ मंगलबार मध्यरातमा अभिनेता राजेश हमालले सामाजीक संजाल फेसबुक मार्फत हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलालाई क्षमा दिन आफ्ना दर्शकहरु सँग आग्रह गरेका छन्, । एक भिडियो मार्फत हमालले भनेकाछन्, एउटा कलाकारलाई आफ्नो क्षमता पस्कन सधैं प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन दर्शकलाई अपिल गरेका छन्, ।

कोरोनाले सृजित असामान्य परिस्थितिमा नेपाली चलचित्र क्षेत्र वादविवादमा फसेकोमा दुःख व्यक्त गर्दै हमालले भनेका छन्, ‘सार्वजनिक स्थलमा चलचित्रकर्मीहरुले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकहरुले आफ्नो प्रतिक्रिया राख्दै आउनुभएको छ । कला क्षेत्र, जोसँग म संलग्न छु । निःसन्देह त्यसमा दर्शकहरुले दिनुभएको सल्लाह, सुझाव तथा भनाईले अहम भूमिका निर्वाह गर्दछ ।

दर्शक र कलाकारबीच अटुट सम्बन्ध रहेको बताउँदै उनले भनेका छन्, ‘दर्शकहरुले बेला बखतमा दिने सल्लाह तथा सुझावहरुले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ । र, दर्शकहरुले पनि हामी कलाकारहरुले सम्प्रेशण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ । त्यो भनेको दर्शक र कलाकारबीच नंग र मासुको जस्तो सम्बन्ध छ ।’ झण्डै ९ मिनेटको भिडियोमा अभिनेता हमालले दीपाश्रीको नाम कतै पनि उच्चारण गरेका छैनन्, । उनले सम्बन्धित व्यक्ति वा मेरो सहकर्मीलाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन्, ।

मेरो अनुरोध..,

Gepostet von Rajesh Hamal am Dienstag, 14. Juli 2020

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*