मकवानपुुरका २१ जनाको स्वाब संकलन ! रिपोर्ट आजै आउने सम्भावना

३ श्रावण २०७७, शनिबार १३:३४

मकवानपुुरका २१ जनाको कोरोना परिक्षणको लागि आज स्वाब संकलन गरी हेटौंडा १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा पठाईको छ । कोरोना संक्रमित विभिन्न स्थानबाट आई मकवानपुरको क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बस्दै आएका २१ जनाको परिक्षणको लागि आज स्वाब संकलन गरिएको हो ।

हेटौंडा ४ कर्रास्थित आईसोलेसनको प्रमुख भोला चौलाँगाईको अनुसार उनीहरुको रिपोर्ट आजै आउने सम्भावना छ । हाल आईसोलेससनमा ६ जना संक्रमित र ३ जना शंकास्पद गरी ९ जना बसिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*