कांग्रेसमा ५१ जना प्रवेश, जुरुङ टोलमा प्रभाकरको नेतृत्व

५ श्रावण २०७७, सोमबार १७:३६

सिधाखबर \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा नेकपा त्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, । एक कार्यक्रमको आयोजना गरि कांग्रेसमा अनिरा रुम्बाकाे नेतृत्वमा ५१ जना प्रवेश गरेका हुन्, ।

नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले टिका लगाएर पार्टी प्रवेश गराएका थिए । पराजुलीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रिय सदस्य ध्रुव दुलाल, सल्लाहकार मोहन बस्ताकोटी, विपि विचार समाजका रमेश ढकाल लगायत वडाका कार्यसमितिहरुको सहभागिता रहेको थियो ।

Image may contain: 7 people

सोही अवसरमा जरुङ टोल समिति गठन गरिएको छ । प्रभाकर आले मगरको अध्यक्षतामा १२ सदस्य समिति गठन गरिएको हो ।

उपाध्यक्षमा सुन्दर विक, सचिवमा पम्फा राना, सह सचिवमा मधु गोले, सदस्यहरुमा सुवास आले मगर, सुर्य बहादुर थिङ, रुपेश आलेमगर, अशोक रुम्बा, श्रृजना घिमिरे, लोकेन्द्र थापा, बिर्ख बहादुर गोले, सम्झना थिङको समिति गठन गरिएको छ । समितिको पाँच सल्लाहकार समिति समेत गठन गरिएको छ ।

कार्यक्रम कांग्रेस वडा सभापति रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*