वर्षे अधिवेशन आज अन्त्य गर्दै प्रदेश सरकार

८ श्रावण २०७७, बिहीबार १५:५९

सिधाखबर \ बागमती प्रदेशसभाको चालु वर्षे अधिवेशन आज अन्त्य हुने भएको छ । अधिवेशन राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

बागमती प्रदेशको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको मूख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए ।

प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको सविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी अधिवेधन अन्त्य गर्ने प्रावधान रहेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने पत्र प्रदेशसभामा पठाएपछि अधिवेशन अन्त्य हुने प्रावधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*