पूर्वमन्त्री जोशीसहित तीन नेतालाई पार्टीबाट निष्कासित

११ श्रावण २०७७, आईतवार ११:२६

काठमाडौँ \  नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र नेपाली कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासित गरेको हो।

जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै उनीहरुलाई निष्कासित गरिएको हो ।

उनीहरु तीनै जनालाई स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो । तर उनीहरुको दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीबाट निष्कासित गरिएको हो।

Press-realise-Sharban-10-1595726659.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*