राप्रपाका पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले गरे पार्टी परित्याग

११ श्रावण २०७७, आईतवार ११:४३

काठमाडौं \  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन्, ।

पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन्, । राप्रपाको सिद्धान्त र दृष्टिकोण स्वार्थ र परिस्थिति अनुकूल परिवर्तन भइरहँदा विश्वास समाप्त भएको थापासहितका नेताहरुले उल्लेख गरेका छन्, ।

राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र केही केन्द्रीय सदस्यहरू छन्, ।

एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको तथा पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ । उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*