रुम्बाको नेतृत्वमा शक्तीडाँडा टोल समिति गठन, ४५ जना कांग्रेसमा प्रवेश

१२ श्रावण २०७७, सोमबार ११:३७

सिधाखबर \ नेपाली कांग्रेस हेटौंडा १६ इकाई समितिको आयोजनामा शक्तीडाँडा टोल विकास समिति गठन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो ।

देव कुमार रुम्बाको अध्यक्षतामा २२ जनाको समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सबिता सुनार, सचिवमा सविना लामा, कोषाध्यक्षमा चरिमाया रुम्बा, सहसचिवमा सिता राई सहित २२ जना सदस्य रहनेगरि समिति गठन गरिएको छ ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुखअतिथ्यतामा भएको कार्यक्रममा नेवि संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापा लगायत वडा ६ का स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली कांग्रेस वडा १६ सभापति रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको थियो ।सोही अवसरमा नेकपा र अन्य दलका ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, । उनीहरुलाई नगर सभापति पराजुली र वडा सभापति कोइरालाले टिका र खादा लगाएर प्रवेश गराएका हुन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*