स्वास्थ्य सेवामा लाग्ने सोच तर भए मुवाथाईको अन्तराष्ट्रिय खेलाडी

विश्व च्याम्पियन बनेर नेपाललाई विश्वसामु चिनाउने सपना
१३ श्रावण २०७७, मंगलवार १३:२५

सिधाखबर \ ओखलढुंगाको सुनकोशी गाउँपालिका देवीटारमा जन्मिएका अन्तराष्ट्रिय मुवाथाइ खेलाडी हुन्, गुणराज रुचाल । उनी त्रिभुवन आर्मी क्लवमा आवद्ध छन्, ।

एसएलसी पश्चात्, स्वास्थ क्षेत्रमा सेवा गर्ने सोच पलाएका रुचालले जिल्लामै सीएमए अध्ययन गरे । सीएमए पास गरेर गाउँमै स्वास्थ्य संस्थामा केही महिना काम पनि गरे । सीएमए भएर सरकारी जागिर खाने उद्देश्यका साथ लोकसेवा आयोगको तयारीमा लागे रुचाल । ‘एक दिन रेडियोको विज्ञापनमा छिमेकी गाउँमा कराँते तालिम हुन लागेको सुनेपछि अचानक रुचालको मन मोडियो, डाक्टर बन्ने सोच हराउँदै कराँते खेलाडी बन्ने सोचमा पुगे ।

लोकसेवा आयोगको तयारीलाई बीचमै छाडेर कराँते तालिम लिन २ घन्टा टाढाको मुलखर्क भन्ने गाउँ पुगी तालिम लिने थाले । त्यसै बेला गजित विस्टद्वारा अभिनित मायाजबार नेपाली चलचित्र हेरे रुचालले

Image may contain: 5 people, people smiling, people standing and indoor

‘पढाइ छोडेर खेलतर्फ लाग्दा गाउँमा मलाई सबैले खिसी गर्थे किनकी त्यसबेला गाउमा कराते खेल फटाहाले मात्र खेल्ने हो भन्ने गाउलेको बुझाइ रहेको बताउदैं तर म विचलित नभइ कराँतेमा राम्रो गर्दै गएँको सम्झछन्, ।

रुचाल २०६९ सालमा नेपाली सेनामा भर्ना भए । राम्रो खेलाडी बन्ने सोच उनको पहिलो प्राथमिकतामा थियो भने स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच दोस्रो प्राथमिकता मा पथ्र्यो त्यसैले खेललाई निरन्तरता दिँदै गए । २०७० सालमा ‘आईकिडो’ खेलको तालिम शुरू गरेर २०७१ सालमा धन गुरुङबाट ‘ब्ल्याक वेल्ट’ लिई instructor course पूरा गरे रुचालले ।

आइकिडो खेल सिक्ने क्रममा अन्य मार्सल आर्ट सम्बन्धी थप जान्ने बुझ्ने अवसर पाए । त्यसपछी मार्सल आर्ट हरुको छनौट गर्दा रुचालको प्राथमिकता मुवाथाई खेलमा प¥यो । र नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिसँग मुवाथाई तालिम शुरू गरे रुचालले । आफुले छोटो समयमा नै थाईल्यान्डमा वल्र्ड च्याम्पियनशिपमा भाग लिए फाइट जित्न नसकेपनी आफ्नो खेल कौशल देखाउने मौका पाएकोमा खुसी छन्, उनी ।

राष्ट्रिय मुवाथाई संघबाट ‘मुवाथाई वेस्ट प्लेयर अफ द इयर २०१६’ को अवार्ड प्राप्त गरेपछि सोही वर्ष नै रेस्लिङ तालिममा पनि सहभागी भए । ‘नेपालको पहिलो रेस्लर हिमालयन टाइगरसँग रेस्लिङको रेफ्री तालिम सिकेर रेस्लिङ खेलमा पनि सहभागी भए र कराँते खेल सिक्ने क्रमलाई पनि जारी नै राखे । २०७३ मा कराँतेको ‘ब्ल्याक वेल्ट’ पास गरे त्यसै क्रममा उनको दायाँ हात भाचियोँ । केही महिनाको उपचार र आराम पछि मुवाथाइ खेलमानै निरन्तरता दिइरहे र २०७३ मै चितवनमा आयोजित भारत र नेपाल बीचको खेलमा भारतीय खेलाडीलाई हराउँदै गोल्ड मेडल जितेर ‘चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत मेडल ग्रहण गर्दै सम्मानित भएका थिए ।

सोही वर्षनै नेपाली सेनाका प्रधानसेनापतिबाट पनि प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भए । नेपालमा आयोजित ‘प्रथम केब्याग इन्टरनेसनल मुवाथाई च्याम्पियनशिप २०१८’मा भारतीय खेलाडीलाई हराएर गोल्ड मेडल जितेका रुचाल २०७४ सालमा त्रिभुवन आर्मी क्लबमा सागर शम्शेर थापाले बक्सिङ ट्रेनिङ्गमा उनलाई सहभागिता गराए । बक्सिङ्ग सिक्दै आफ्नो खेलको लागि थप स्तर बढाउदै गए सोही बर्स नै कम्बोडियामा आयोजित विश्व च्याम्पियनसिपको सेमि प्रोफेसनल फाइटमा सरिक हुने अवसर पाएको उनी बताउछन्, ।

रुचालको उक्त फाइटमा पुनः दायाँ हात भाचिएको थियो । केही महिनाको आराम पछि सोही बर्ष नै नेपाल राष्ट्रिय मुवाथाई संघबाट दोस्रो पटक मुवाथाई वर्ष खेलाडी मुवाथाई वेस्ट प्लेयर अफ द इयर २०१८ बाट सम्मानित भए । थाइल्यान्डमा गई चर्चित तालिम केन्द्र फायरटेक्स ट्रेनिङ सेन्टरमा मुवाथाइ तालिम गर्ने अवसर लिएका रुचालले सेप्टेम्बर ९, २०१९ मा थाइल्यान्डमा भएको ६० केजी अन्तरगतको प्रोफेशनल मुवाथाइ फाइटमा इटालीको फाइटर लाई नकआउट गर्दै विजयी भएका थिए ।

Image may contain: 5 people

नेपाल फर्किएर अक्टोवर २०१९ मा नेपालमा भएको नेपाल मुवाथाइ च्याम्पियन २०१९ प्रतियोगितामा ५७ केजि तौल समुहमा स्वर्णपदक प्राप्त गरि बेल्ट जित्न सफल भएका रुचाल विश्व च्याम्पियनसिपको तयारीमा रहेका छन्, । कोरोना महामारीको कारण खेल प्रतियोगिताहरु स्थगित र प्रशिक्षण केन्द्रहरु बन्द रहेता पनि विश्व च्याम्पियन बन्ने सपना पूरा गर्न लकडाउनको समयमा पनि स्थानीय स्रोत र साधनको प्रयोग गर्दै खेल तालिमको लागि आवश्यक सामग्रीहरु आफैले तयार गरेर आफ्नो मुवाथाई तालिमलाई निरन्तरता दिइ रहेको रुचाल बताउछन्, ।

विश्व च्याम्पियन बन्ने लक्ष्य पूरा गर्न आफु खेलकुदमा लागिरहने बताउछन्, । २ पटक सम्म आफ्नो मुख्य हात दायाँ हात नै भाचिइसकेको छु । धेरै रिस्क छ त्यो रिस्क सङ नडराई साहसको साथ अघि बढिरहेको बताउदैं खेलाडी रुचाल सबै मार्सल आर्ट खेललाई उत्तिकै सम्मान गर्दछन्, । भविस्यमा सबै मार्सल आर्ट खेलमा डिग्री हासिल गर्ने सोच बनाएका रुचाल विश्व च्याम्पियन बन्ने लक्ष्य लिएर अगाडि बढिरहेका छन्, ।

अमेरिकामा रहेको pentagon Mixed martial arts का president/ Head instructorतथा मुवाथाइ च्याम्पियन विवेक नकर्मीले तालिमको लागि आवाश्यक सामाग्रीहरु उपलब्ध गराएर रुचालको तालिममा सहज बनाएका छन्, ।

अस्ट्रेलियाबाट अस्ट्रेलियन कोच Rohan Jayatilake ले पनि प्रशिक्षण दिनुको साथै आवश्यक तालिम सामाग्री उपलब्ध गराएर आफ्नो खेलकुद यात्रामा साथ साथ दिइरहनुभएकोमा आफु खुसी रहेको र आफ्नो विश्वच्याम्पियन बन्ने सपनामा अघि बढ्न सहज भइरहेको बताउछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*