चेतनले ल्याए मकवानपुर गढी घुम्न जाँउ (यस्तो छ भिडियो )

१५ श्रावण २०७७, बिहीबार १३:३४

सिधाखबर \ मकवानपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको मकवानपुरगढी घुम्न जाँउ भन्ने बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार चेतन सापकोटाद्धारा लिखित तथा संगीतवद्ध यो गीतलाई सापकोटा आफैले गायका छन्, भने यसको भिडियो निर्देशन समेत उनी आफैले गरेकाछन्, ।

ऐतिहासिक मकवानपुरगढी लाई मध्येनजर बनाउदै निर्माण गरीएको भिडियोमा मकवानपुरको गढी गाँउपालिकाका अध्यक्ष बिदुर हुमागाई तथा गढी गाँपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुले समेत अभिनय गरेकाछन्, ।

भिडियोमा सापकोटा आफै केन्द्रिय भुमिकामा देखिएकाछन्, भने उनलाई अभि र सभि गौतमले साथ दिएकाछन्, । गढी गाउँपालिका र श्री पुरानो गोरखगण सुपारेटार ब्यारेकको विशेष सपोर्टमा भिडियो तयार पारिएको छ ।

विईस्टार नेपालको युट्युव मार्फत सार्वजनिक गरीएको गीतको भीडियोमा विशेषगरी मकवानपुरको गढी संगै मकवानपुर जिल्लाका विभिन्न पर्यटकीय स्थानहरुको बारेमा वर्णन गरीएको छ । भिडियोलाई राज पोखरेलले छांयाकन गरेका छन भने बिनोद बमले सम्पादन गरेकाछन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*