‘डक्टर डेनिम’द्धारा चलचित्र निर्माण घोषणा

१६ श्रावण २०७७, शुक्रबार ११:५१

क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड चलचित्रमा ‘प्रेम गीत ३ का अभिनेता मनिष राउतले प्रमूख अभिनय गर्नेछन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराईएको छैन । मनिष राउतको एउटा पनि चलचित्र रिलीज नभएतापनि दर्शक सामु चर्चित छन् । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत बर्षको अन्तिमदेखी चलचित्र ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए । तर नोबल कोरोनाभाईरसको महामारीको कारण रिलीज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन् । उनले ‘प्रेम गीत ३’मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ ले ब्राण्ड एम्बेसडर बनाएको थियो ।मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागी ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँु, निर्माता गौतमले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*