लागूऔषध सहित एकजना पक्राउ

१७ श्रावण २०७७, शनिबार ०७:०१

 सिधाखबर \ मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

बिहिबार राति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीले टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित हेटौंडा उपमहानगरपालिका–१५ का वर्ष ३० का सुरेश नेपालीलाई पक्राउ गरेको हो।

यता भ्यान चालक भने फरार रहेको र चालकको खोजी कार्य भइरहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*