थप ३१५ जनामा कोरोना, कुल संक्रमित २० हजार नाघे

१७ श्रावण २०७७, शनिबार १६:४१

काठमाडौं \ पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन्, भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*