१८ श्रावण २०७७, आईतवार १७:०९
September 25, 2020

कार्यकाल सकिँदै: कुलमानको विकल्पमा यी नाम चर्चामा

१८ श्रावण २०७७, आईतवार १७:०९

काठमाडौं  \ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो ।

लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही कमाएका छन् । ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनुपर्ने आवश्यकता नभएको भन्ने मत पनि छ ।

अहिले प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । केहीले वर्तमान ऊर्जामन्त्री वर्षमान पुनको पालामा उनको पुनरागमनको सम्भावना न्युन रहेको पनि भनिरहेका छन्, ।

अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ । प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चा छ । पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि चर्चा गर्न थालेका छन्, ।

उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । असोज १ बाट उनले कार्यभार सम्हाले । उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशकमा विभिन्न नामहरु चर्चामा आउन थालेका हुन्, ।-रातोपाटी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*