१९ श्रावण २०७७, सोमबार १७:१९
September 25, 2020

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि नेपालगञ्ज सिल

१९ श्रावण २०७७, सोमबार १७:१९

नेपालगञ्ज \ जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*