हेटौंडामा ४ घरमा गरियो शिल

सिधाखबर \ मकवानपुरमा पछिल्ल समय कोरोना संक्रमणको संख्या वृद्धि भएपछि विभिन्न स्थानहरुमा शिल लगाउने कार्य भइरहेको छ । शुक्रबार हेटौंडामा ४ घरमा शिल गरीएको छ ।
हेटौंडा २ वनस्खडीमा २ घरमा, हेटौंडा ५ शान्तिनगरमा १ घर र हेटौंडा ४ कर्रास्थित १ घर गरी ४ घरमा शिल गरीएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए । सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितीमा वडा का प्रहरीले शिल गरेको भण्डारीले बताए ।