१० भाद्र २०७७, बुधबार १३:०७
September 25, 2020

भुपेन्द्र अभिनित तिम्रो माया बोलको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

१० भाद्र २०७७, बुधबार १३:०७

तिम्रो माया बोलको म्युजिक भिडियो सार्बजनिक गरीएको छ । सार्बजनिक म्युजिक भिडियोमा भुपेन्द्र राना र रीता केसीलेले अभिनय गरेकाछन् । राना र केसि दुबैले यसै भिडियो मार्फत डेब्यु गरेकाहुन् । भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार गरेका हुन भने गीत समेत उनैले गायका हुन । गीतको छायाँकन,निर्देशन तथा सम्पादन अजय वाईबाले गरेकाछन् । वाईबाले यस अघि हेटौडामा धेरै भिडियो तथा चलचित्रहरुको लेखन तथा निर्देशन समेत गरीसकेकाछन ।

मकवानपुरको मनोरम दृस्य रहेको दामन, चित्लाङ्ग, राक्सिराङ्ग लगायतका क्षत्रेमा छायांकन गरिएको भिडियोलाई ७० हजारको खर्चमा निर्माण गरीएको बताईएको छ । भिडियोमा मेकअप रितेश केसीले गरेकाछन् भने गीतको एरेन्ज सुमन तामागले गरेकाहुन । हेटौडाका टिम तथा कलाकार र लोकेशन मार्फत हेटौडाकै प्राबिधिकहरुद्धारा निर्मीत भिडियो आर्कषक बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*