२१ भाद्र २०७७, आईतवार ०९:०८
September 25, 2020

भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिए

२१ भाद्र २०७७, आईतवार ०९:०८

एजेन्सी \ भारतमा एकैदिन कोरोनाका ९० हजार ९ सय सङ्क्रमित थपिएका छन्, । एकैदिन ९० हजार ९ सय कोरोना सङ्क्रमित थपिएसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ ।

यस्तै एकैदिन १ हजार ४४ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० हजार ६ सय नाघेको छ ।

भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार सङ्क्रमित निको भएका छन्, । यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको ज्यान गएको छ । योसँगै अमेरिकामा कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ ।

जसमध्ये १ लाख ९२ हजारको ज्यान गएको छ भने ३७ लाख ७ हजारभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*