२१ भाद्र २०७७, आईतवार १३:५३
September 25, 2020

कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउने : मुख्यमन्त्री पौडेल

२१ भाद्र २०७७, आईतवार १३:५३

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन । कृषि उद्यमको अनुगमनका क्रममा आज हेटौँडाका विभिन्न क्षेत्र पुगेका उनले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताए ।

उनले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिए ।

पौडेलले यो कोषमार्फत उद्यमशीता प्रवद्र्धन गर्न चाहने तथा उत्पादनमा काम गर्न चाहनेले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्राप्त गर्ने बताए । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेल हेटौँडा उपमहानगरपालिका– ७ मा रहेको वनदेवी कृषि उद्यमी समूह, सूर्योदय बहुउद्देश्य कृषक समूहलगायत कृषि फार्म पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*