२१ भाद्र २०७७, आईतवार १३:५६
September 25, 2020

कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ७७ जनाको मृत्यु

२१ भाद्र २०७७, आईतवार १३:५६

कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ७७ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ५ सय ६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा १० हजार ५ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन ।

बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन । प्रदेशमा २ हजार ३ सय ९१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरीमा ४५ हजार २ सय ७७ जना कोरोना संक्रमित हुँदा यस प्रदेशमा कुल संक्रमितको २३ दशमलव ३८ प्रतिशत देखा परेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*