२२ भाद्र २०७७, सोमबार ११:३२
September 25, 2020

पार्टी विवादपछि स्थगित नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

२२ भाद्र २०७७, सोमबार ११:३२

काठमाडौँ \  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।

गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको थापाले जानकारी दिएका हुन्, । बैठकबारे सोमबार बिहान बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीचको छलफलले स्थगित बैठक बोलाउने सहमति जुटाएको हो ।

उक्त बैठकमा पार्टी कार्यदलले दिएको प्रतिवेदन र सचिवालय सदस्यहरुको धारणालाई समेत समेटेर दुई अध्यक्षले प्रस्ताव पेश गर्नेछन् ।नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*