२५ भाद्र २०७७, बिहीबार १३:०४
September 25, 2020

झरना साहित्यिक परिवारको भवनको लागि गाउँपालिकाले जग्गा दिने

२५ भाद्र २०७७, बिहीबार १३:०४

हेटौंडा \  मकवानपुरको छतिवनमा गठन भई जिल्ला भरी साहित्यिक क्षेत्रमा क्रियाशिल झरना साहित्यिक परिवारलाई बकैया गाउँपालिकाले एक कठ्ठा जग्गा दिने भएको छ । बुधबार बकैयामा बसेको सर्वपक्षिय बैठकमा गाउँपालिकाले झरनालाई भोगाधिकारको अधिकारसहित एक कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

बकैया गाउँपालिका– ४ को कार्यालयमा बसेको बैठकले बकैया गाउँपालिकाको गौरवको रूपमा रहेको झरना साहित्यिक परिवार मकवानपुरको कार्यालयसहित व्यवस्थित सभाहल तथा पालिकासँगको सहकार्यमा पुस्तकालयसमेत स्थापना गर्ने प्रयोजनका लागि बकैया–४ जुरेलीस्थित हाटबजारको उत्तरपट्टि रहेको अन्दाजी १ कठ्ठा जग्गा झरनाले नै स्थायी भोगाधिकार समेत प्राप्त गर्ने गरी उपलब्ध गराउने निर्णय गरेको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

झरनाको आयोजनामा बकैया गाउँपालिका अध्यक्ष एवम् झसाप सल्लाहकार दामोदर खनाल को प्रमुख आतिथ्य तथा बकैया गाउँपालिका– ४ का अध्यक्ष राजन दङ्गालज्यू तथा बकैया गाउँपालिका–७ का अध्यक्ष रामकाजी लामिछाने विशेष आतिथ्य एवम् बकैया गाउँपालिकाका सम्पूर्ण राजनीतिक दलका नेतृत्वकर्ता समाजसेवी व्यक्तित्वका साथै झसाप सल्लाहकारहरूको विशेष उपस्थितिमा बसेको थियो ।

गाउँपालिका अध्यक्ष खनालले अन्य क्षेत्रको विकाससँगै कला, साहित्य र संस्कृतिको संरक्षण र विकासमा पनि गाउँपालिका सचेत रहेको बताए । झरनालाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले जग्गासँगै झरनाको भौतिक विकासका लागि पनि गाउँपालिकाले काम गर्ने जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*