२५ भाद्र २०७७, बिहीबार १६:५४
September 25, 2020

तिन निजामति कर्मचारीहरुको ट्रेड युनियन द्धारा प्रदेश सरकार समक्ष मागपत्र प्रस्तुत

२५ भाद्र २०७७, बिहीबार १६:५४

हेटौंडा \ राष्ट्रिय मान्यता प्राप्त तिन वटै निजामति कर्मचारीहरुको ट्रेड युनियनहरुहरुको कर्मचारी संगठनले बागमती प्रदेश सरकारलाई संयुक्त रुपमा कर्मचारीहरुको समस्या सम्बन्धी मागपत्र बुझाएको छ ।

नेपाल निजामति कर्मचारि संगठन, नेपाल निजामति कर्मचारि युनियन संघ र नेपाल राष्ट्रिय कर्मचारि संगठन निजामति को बागमति प्रदेश समितिका अध्यक्षहरु शरणकुमार गुरुङ, एकनारायण काफ्ले र पुरुषोतम रायमाझी लगाएतले संयुक्त हस्ताक्षर गरि १० बुदे ध्यानाकर्षण सहितको मागपत्र बागमति प्रदेस सरकार समक्ष बुझाएका हुन्, ।

तीनवटै संघ संगठनका प्रदेश मन्त्रालय हेटौडा स्तरिय अन्तरट्रेड युनियन संञ्जालका सदस्यहरु राधाकृष्ण फुयाल, सुदिप छ्त्कुलि, त्रिपुरारी बख्रेल,बसन्तराज गौतम र राजु अर्याल समेतको उपस्थितिमा मागपत्र बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*