२९ भाद्र २०७७, सोमबार १६:५४
September 25, 2020

हामी अहिलेको संसदीय व्यवस्थाको विरुद्ध लागिरहेको: ईन्चार्ज जमिन

२९ भाद्र २०७७, सोमबार १६:५४

विप्लव नेकपा मकपानपुरका ईञ्चार्ज राम घलान ‘जमिन’ले संसदीय व्यवस्था अन्त्यको लागी आफुहरु लागिपरिरहेको बताउनु भएको छ । सिधाखबर डटकमसँगको अन्तरवार्ताको क्रममा उहाँले नेपालमा संसदीय व्यवस्था आएपनि जनताले सुख नपाएको भन्दै यो व्यवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा संविधानको धारामा जनताको हक हितको लागि लेखिएको कुराहरु कार्यान्वयन नभएकोले यस्ता विकृतिको अन्त्य गर्न विप्लव नेकपा लागिरहेको बताउनु भयो । जमिनले विप्लव नेकपाले जनताको हकहित तथा समृृद्विको लागि काम गरिरहेको बताउनुभयो । सिधाखबर डटकमका लागि प्रधानसम्पादक मणिराज गौतमले गर्नुभएको कुराकानी:-


 

तपाईको पार्टीका जिल्ला ईन्चार्ज देखी सेक्रेटरी सम्मका नेताले पार्टी परित्याग गरेको अवस्थामा तपाईले चै गलत प्रचार भो भनेर विज्ञप्ती निकाल्नु हुन्छ खास के हो ?

राजनितिक हिसाबले भन्नु पर्दा अहिले हामी सत्ताको विपक्षमा छौ । हामी एउटा क्रान्तीलाई अगाडी बढाउने अभियानमा पनि लागेको अवस्था छ । क्रान्ति भनेको जटिल विषय भएकाले जटिल विषय अगाडी बढाउन् जटिलनै हुन्छ । त्यसैले नसक्ने साथीहरुले क्रान्तिको अभियानबाट भागेको अवस्था चाहीँ हो ।

शान्ति प्रक्रियामा आएपछि देशमा धेरै परिवर्तनहरु भए तर तपाईहरु चाहिँ फेरी क्रान्तिको लडाईमा नै छौ भन्नुहुन्छ ?

हामी अहिलेको संसदीय व्यवस्था नै फेर्नु पर्छ भन्ने हिसाबले अगाडी बढीरहेका छौ । यो संसदीय व्यवस्थाले नेपाली जनता र राष्ट्रको हित हुने देखिएन्, । २००७ देखी अहिले सम्म आउदा लगभग लगभग यो व्यवस्था फेलएर भएकै हो । हामी वैज्ञानिक जनवाद ल्याउने अभियानमा छौ । वैज्ञानिक जनवादले मात्र जनताको सम्मान र हित हुने भएकाले एकिकृत जनक्रान्तिबाट वैज्ञानिक समाजवाद ल्याउन हामी अगाडी बढीरहेको छ ।

राजनितिकर्मी तपाईहरु शासक बन्न खोज्ने अनि वैज्ञानिक समाजवाद ल्याएर जनताले सुख पाउछन भन्ने ग्यारेण्टी चाहिँ के छ त ?

तपाईले भने जस्तै अहिले सम्मको राजनितिक चरित्र हेर्दा जसजसले शासन गरे सबैले अन्याय गरे । जनताको समस्या बुझेनन् । शासकहरुको दमन र अत्याचारलाई राजनितिक बिद्रोहबाटै परास्त गरेर आएको ईतिहास छ । संसदीय व्यवस्थाले जाएर गरेको संविधानका धाराहरु लेखाईमा मात्र सिमित भए त्यही भएर यसको अन्तय जरुरी भएको हो ।

संसदीय व्यवस्था आफैमा असफल व्यवस्था हो । यो सच्चिएर आउनु जरुरी छ । तपाईहरु सवारीसाधन तोडफोड गर्ने,चन्दा असुल्ने जस्ता क्रियाकलाप गर्नुहुन्छ यो आरोप तपाईहरुमा छ अनि यो व्यवस्थाबाट चाँहि जनताले सुख पाउछन त ?

हामीले सवारीसाधन तोडफोड गर्ने,चन्दा असुल्ने जस्ता कामहरु गरेका छैनौ । यो बिल्कुल असत्य कुराहरु हुन । राष्ट्रसेवक र प्रगतीशिल साथीहरुले स्वेच्छाले सहयोग गरीरहनु भएको छ यो स्वभाविक कुरो हो । यही ढंगबाट हामी अगाडी बढीरहेका छौ । बरु चन्दा त सत्तामा बसेकाहरुले उठाईरहेकाछन्, । आज विभिन्न योजनाहरु बनाएर शासकहरुले सत्ताधारीहरुले गरेको भ्रष्टाचार चाँहि चन्दा असुली होईन र ? करोड र अरबका डिलहरु बाहिर आईरहदा चन्दा कस्ले असुलेको भन्ने प्रष्ट छ नि हामीले भन्नु पर्छ र । हामीलाई आरोप लगाएर जनता ठग्ने र लुटने कामहरु अहिलेका शासकहरुले नै गरेका छन्, ।

चन्दा असुलेको छैन भन्नु हुन्छ कार्यकर्ताहरु चै कसरी पाल्नुहुन्छ त ?

हामी जनताकै घर दैलोमा छौ । जनताको घरदैलोमा जे पाक्छ त्यही खान्छौ । तर हामी श्रम पनि गछौ । खेत खन्छौ, बारीमा काम गछौ, लगाएत किसानहरुसंगै काम गरे बापत हामी चलेका छौ । अर्को कुरा प्रगतीशिल र शुभचिन्तकहरुले माया गरेर पार्टी जोगाउन स्वेच्छिक रुपमा दिनुभएको सहयोगले हामी चलिरहेको अवस्था छ । हिजो माओवादी आन्दोलनमा पनि हामी जनताकै भरमा सफल भएका थियौ । अहिले पनि त्यस्तै सहयोग भैरहेको छ ।

आर्थिक कारणले पार्टी बिचलन भएर नाम कहलिएका धेरैले तपाईको पार्टी छाडे यो के को बिचलन हो त ?

पार्टीभित्र बिचलन होईन पार्टी छाडेर भाग्ने साथीहरु चै बिचलन भएकाछन्, । पार्टी किन बिचलन हुनु । पार्टी त आफनै ढगंले अगाडी बढीरहेको छ नि । जहाँ सम्म पार्टी भित्र आर्थिक कारणले बिचलन भयो भन्नु भयो यो बिल्कुल गलत छ । यसमा कुनै तुक छैन । पार्टी भित्र बस्न नसकेर आफै भाग्ने साथीहरुको यो झुटो आरोप हो । यसमा कुनै सत्यता छैन ।

अब तपाईहरु कहिले सम्म लुकेर राजनिती गर्नुहुन्छ त ?

हामी लुकेका छैनौ हामी जनताकै माझमा छौ । लुकेर किन राजनिति गर्नु । हामी शहरमा पनि केन्द्रित छौ ग्रामिण भेगमा पनि केन्द्रित छौ हामी जनताकै घरदैलोमा छौ । शासकहरुले हामीलाई लुक्न बाध्य बनायो । हामीलाई भुमिगत बनायो । दुई तिहाईको सरकारले हामी र हाम्रा पार्टीका कार्यकर्ताहरुले जनताहरुसंग साक्षत्कार गरेको मन पराएनन्, । हामीलाई जनताको साथ छ राष्ट्रिय राजनितिमा केही समयपछि तपाईहरुले नयाँपन पाउनुहुनेछ । यो लडाईमा हाम्रो जित निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*