३० भाद्र २०७७, मंगलवार १०:००
September 25, 2020

मकवानपुरमा विहानै थपिए १६ जना संक्रमित

३० भाद्र २०७७, मंगलवार १०:००

सिधाखबर \  हेटौंडामा मंगलबार बिहान हेटौँडा उपमहानगरपालिकाका १५ जना  र मनहरीका १ जना गरी १६  जना थप कोरोना संक्रमित थपिएका छन्, ।

मंगलबार बिहान  १६ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ९ महिला र एक बालकसहित ७ पुरुषमा संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले बताएका छन्, ।

सबैभन्दा बढि वडा नम्बर ५ का ६ जना रहेका छन्, । भदौ २९ गते स्वाब संकलन भएको ५७ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाईएको छ ।

20200915_072449-1600134078.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*