३० भाद्र २०७७, मंगलवार १६:२३
September 25, 2020

नेपालमा थप १४५९ जना नयाँ संक्रमित थपिए

३० भाद्र २०७७, मंगलवार १६:२३

काठमाडौं \ बितेको २४ घण्टामा देशभर थप १४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १०६२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*