३१ भाद्र २०७७, बुधबार ०९:१६
September 25, 2020

मुख्यन्यायधिवक्ताद्धारा वार्षिक प्रतिवेदन पेश

३१ भाद्र २०७७, बुधबार ०९:१६

हेटौंडा \  बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईलाई प्रदेशको मुख्यन्यायधिवक्ता कार्यालयबाट वर्षभरी गरेका कामको प्रतिवेदन मंगलबार बुझाइएको छ । मुख्यन्यायधिवक्ता ओम प्रसाद थपलियाले प्रदेश प्रमुखलाई बुझाउनुभयो । प्रस्तुत प्रतिवेदनमा उल्लेखित मुख्यन्यायधिवक्ता कार्यालयको भावी कार्य योजना तथा सुझावहरु दिइएको थियो ।

नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐनमा रहेर मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । त्यही अनुसार मंगलबार बुझाइएको थपलियाले वताउनुभयो ।

प्रस्तुत प्रतिवेदनमा कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिबादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण मुद्दा मामीलामा गरिनुपर्ने सुधारको विवरण उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा सर्वोच्च अदालतमा, उच्च अदालत पाटनमा, उच्च अदालत पाटन हेटौंडा ईजलाशमा , धादिङ जिल्ला अदालतमा, धादिङ्ग र सिन्धुली जिल्ला अदालतमा बहस गरिएका मुद्धाको उल्लेख गरिएको छ ।

कार्यालयहरुबाट १४ वटा कानूनी राय तथा सुझावहरु माग गरिएकोमा सोको जवाफ लेखि पठाईएको थियो । प्रदेश सरकारलाई विभिन्न ५९ वटा विधेयक निर्माणमा सहयोग गरियो भने स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिएको थियो । यसका अतिरिक्त कार्यालयको भौतिक स्थिति, कार्यबोझ, विनियोजित रकम र उपलब्धि समेतको समिक्षा गरी मुख्य न्यायाधिवक्ताको कार्यालयको कार्यसम्पादन सुधार र संस्थागत विकासका लागि सुझावहरु प्रस्तुत गरिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*