३१ भाद्र २०७७, बुधबार ०९:३२
September 25, 2020

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

३१ भाद्र २०७७, बुधबार ०९:३२

काठमाडौं \  बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*