३१ भाद्र २०७७, बुधबार १०:३९
September 25, 2020

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

३१ भाद्र २०७७, बुधबार १०:३९

काठमाडौं \ कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।

नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन्, ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए । पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*