७ आश्विन २०७७, बुधबार १३:०३
October 28, 2020

सञ्चारकर्मी बरालको ‘नरिसाउन होइ’सार्बजनिक ! युटुबको ट्रेन्डिङमा

७ आश्विन २०७७, बुधबार १३:०३

थाहा संचार नेटवर्कमा कार्यरत सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ बोलको गीत सार्वजनिक भएको छ। सुरज गैह्रे ‘विवस’को शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ। राजेन्द्र स्वयंको संगीत रहेको गीतले माया गर्ने जोडीहरूमा उत्पन्न हुने शंकाको विषयमा चर्चा गर्न खोजिएको छ। गीतको म्युजिक भिडियोमा नायक तथा मोडल पल शाह, नायिका वर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन्। सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत सार्बजनिक भैसकेका छन्। गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ। मंगलबार सार्वजनिक भएको गीत बुधबार दिउसो युटुब ट्रेन्डिङको २० औं नम्बरमा आइपुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*