७ आश्विन २०७७, बुधबार १४:१३
October 28, 2020

चलचित्र ‘रेड वाइन’मा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी अनुबन्धित

७ आश्विन २०७७, बुधबार १४:१३

रमेश एमके पौडेलको नयाँ चलचित्र ‘रेड वाइन’मा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम गर्ने भएका छन् । पल र साम्राज्ञीले यस चलचित्रबाट नै पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ चलचित्र निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका हुन ।

लभस्टोरी चलचित्र ‘रेड वाइन’ मार्फत निर्माता पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्ने बताइएको छ । चलचित्रमा ब्यवसायि पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । यो चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् । कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा फ्लोरमा जाने तयारी रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*