७ आश्विन २०७७, बुधबार १४:२९
October 28, 2020

‘कृष्ण लीला’मा पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं अनुबन्ध

७ आश्विन २०७७, बुधबार १४:२९

अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं चलचित्र ‘कृष्ण लीला’मा अनुबन्ध भएका छन् । उनीहरुसँग गएको हप्ता निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रलाई ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले केही हप्तादेखि चलचित्रको कथा, पटकथा तथा संवादमा काम गरिरहेका छन् ।

कमेडी विषवस्तुमा निर्माण हुन लागेको चलचित्रमा पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । निर्देशक दीपक ओली असोज १५ गतेबाट चलचित्रको छायांकन सुरु गर्ने सोचमा रहेको बताएकाछन् । तर, सरकारले छायांकन अनुमति नदिएका कारण उनी अन्योलमा छन् । ‘कृष्ण लीला’ मा पुष्पलाई दर्शकले भिन्न भूमिकामा देख्न पाउने उनले बताए । अर्जुन पोखरेलको संगीत रहने चलचित्रको प्रस्तुतकर्तामा रोहित कट्टेल छन् । चलचित्रलाई रत्न श्रेष्ठले निर्माण गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*