८ आश्विन २०७७, बिहीबार २०:२१
October 28, 2020

पहिरो जादाँ राक्सिराङ गाउँपालिकाको वडा कार्यालय पुरियो

८ आश्विन २०७७, बिहीबार २०:२१

सिधाखबर  \ मकवानपुर जिल्लाको विकट गाउँपालिका राक्सिराङको ५ नम्बर वडा कार्यालय पहिरोले पुरिएको छ । ३ दिनदेखिको अबिरल वर्षाले आएको पहिरोले वडा कार्यालय पुरेको हो ।

बिहीबार दिउँसो वडा कार्यालयमाथिबाट पहिरो खस्दा कार्यालयको ३ कोठे भवनमा पूर्ण क्षति भएको वडाध्यक्ष चन्द्रसिं प्रजाले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तलतिरबाट पनि पहिरो गएको छ । कार्यालय माथिबाट पहिरो खस्न थालेपछि कर्मचारीहरुको भागदौड मच्चिएको थियो ।

पहिरोले कार्यालय भवन पुरिँदा प्रशासनिक सामाग्रि कम्प्युटर, प्रिन्टरलगायत कागजपत्र सबै पुरेको वडाध्यक्ष प्रजाले बताए । ‘एक्कासी कार्यालयमाथिबाट पहिरो झर्न थाल्यो । पहिरो जान थालेपछि कर्मचारीहरु भने भागेर बाहिर निस्कन भ्याए, सामानहरु झिक्न भ्याएनौं,’ वडाध्यक्ष प्रजाले भने ।

२ वर्षअघि मात्र गाउँपालिकाको १५ लाख रुपैयाँ लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उनले भने ‘पहिरोले कार्यालय भवनमा पूर्ण क्षति पु¥याउँदा अब फेरि नयाँ भवन बनाउनुपर्ने भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*