९ आश्विन २०७७, शुक्रबार ०७:००
October 28, 2020

मकवानपुरगढीले नै सञ्चालन गर्ने भयो आइसोलेसन वार्ड

९ आश्विन २०७७, शुक्रबार ०७:००

सिधाखबर  \ मकवानपुरगढी गाउँपालिकाले आइसोलेसन वार्ड बनाएको छ । वडा नम्बर ३ स्थित भानु मिनी पिच भित्र आइसोलेसन सेन्टर निर्माण गरिएको हो । गाउँपालिकाले १७ लाखको लागतमा २० शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको स्वास्थ्य शाखाका संयोजक विदुर लामिछानेले बताए ।

गाउँपालिकाको कोरोना कोषबाट १५ लाख, उपभोक्ताबाट १ लाख ७४ हजार ५१३ रुपैयाँ र कन्टेन्जेन्सी कट्टा गरी कुल १७ लाख १९ हजार ५१३ रुपैयाँ लागतमा निर्माण गरिएको हो । उपभोक्ता समिति मार्फत गरिएको निर्माणको काम अन्तिम चरणमा उनले बताए ।

आइसोलेसन संचालनको लागि बागमती प्रदेशको सामाजिक बिकास मन्त्रायल अन्तरगत स्वास्थ्य शाखाबाट पाँच लाख स्वास्थ्यकर्मी व्यवस्थापन र पाँच लाख कोरोना संक्रमितको उपचारको लागि आवश्यक उपकरण खरिद गर्न कुल १० लाख उपलब्ध गराएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।

कोरोना भाइरसको महामारी सकिएपछि निर्माण गरिएको आइसोलेसन सेन्टर भानु मिनी पिचको विभिन्न प्रयोजनमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष हुमागाईले बताएका छन्, ।

विहीबार राती सम्म गाउँपालिकाकामा बसोबार गर्ने ८ जना पुरुष र ६ जना महिला गरी १४ जनामा कोरोना पुष्टि भइसकेका छन्, भने ७ जना डिस्चार्ज भइ सकेका छन्, । मकवानपुरगढी ठेगाना भएका तर हेटौंडा लगायत अन्य स्थानमा बसोबास गर्ने समेतको तथ्याङ्क हेर्ने हो भने २२ जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य संयोजक लामिछानेले बताए ।

हाल ४ जना पुरुष र ३ जना महिला सक्रिय संक्रमित रहेका छन्, । गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर ३ मा संक्रमित रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*