९ आश्विन २०७७, शुक्रबार ०७:१४
October 28, 2020

आईई मापदण्ड सम्बन्धी अवरोधका विषयमा मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण

९ आश्विन २०७७, शुक्रबार ०७:१४

हेटौंडा  \ जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशले नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवाको उत्खनन् र संकलनका लागि नेपाल सरकारबाट जारी गरिएको आईई सम्बन्धी मापदण्डका विषयमा बागमती प्रदेश सरकार समक्ष ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको टोलीले विहीबार मुख्यमन्त्री डोरमणि पौडेल समक्ष लिखित पत्र मार्फत अवरोध हटाउने प्रवन्ध मिलाउन ध्यानाकर्षण गराउनुभएको हो ।

खुलालले मुख्यमन्त्री पौडेललाई संघिय सरकारको मापदण्ड संविधानको अनुसुचिमा व्यवस्था गरिएको प्रदेश एवम् स्थानीय तहको अधिकारलाई कटौती गर्ने आसयले आएको प्रष्ट देखिएको र संघिय ऐ्नको प्रत्यायोजित अधिकार अन्तरगत निर्माण भएको मापदण्डको प्रावधानले संविधान प्रदत्त प्रदेश एवम् स्थानीय तहहरुको अधिकार कटौती गर्ने साथै त्यस्ता अधिकार अन्तरगत बनेका कानुनलाई कार्यान्वयनमा अवरोध सृजना गर्ने गरि जारि गरिएको मापदण्डको व्यवस्था कपट पुर्ण/ अभाषि भएकोले भन्दै संवैधानीक व्यवस्था र प्रदेश कानुनको समेत कार्यान्वयन गर्न दुविधा र अप्ठ्यारो भएको हुँदा मापदण्डको दफा ४ को उपदफा २ को १० मा रहेको वनक्षेत्रको २ किलोमिटर भन्ने व्यवस्थालाई स्थलगत वस्तुगत अवस्था र प्राविधीक रुपले प्रतिकुल प्रभाव नपर्ने गरि कार्य सम्पादन गर्न सहजताका लागि प्रदेश सरकार मार्फत नेपाल सरकार एवम् सम्बन्धित निकायमा आवश्यक व्यवस्थाका लागि अनुरोध गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले यस विषयमा केन्द्र सरकारसंग सहमन्वय गर्ने बताउनुभयो ।  ध्यानकर्षण पत्र बुझाउने कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, मकवानपुरगढी गाउँपलिकाका अध्यक्ष बिदुर हुमाँगाई, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायतको टोलि सहभागि हुनुहुन्थ्यो । कार्यक्रममा मुख्यमन्त्री पौडेलका राजनैतिक सल्लाहाकार जेएन थपलिया, प्रमुख सचिव मान बहादुर विक समेत उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*