९ आश्विन २०७७, शुक्रबार १२:५४
October 28, 2020

मर्मत गर्न इनारमा पसेका ३ जनाको उद्दार

९ आश्विन २०७७, शुक्रबार १२:५४

हेटौंडा \  मनहरी गाउँपालिकामा वडा नम्बर ७ स्थित इनारमा पसेका ३ जनाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । इनारको मोटरपम्प बिग्रिएपछि साह पार्टी प्यालेसको इनारमा मोटर मर्मतका लागि सुरज साह छिरेका थिए ।

उनी इनारबाट बाहिर नआएपछि पुनः स्थानीय उत्सव नेपाली इनारमा गएको प्रहरीले जनाएको छ । जितबहादुर लोसहित, सुरज साह, उत्सव नेपालीको जिवितै उद्दार गरी अस्पताल पठाइएको छ । सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्दार गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*